काठमाडौं। गत आर्थिक वर्ष संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा एनसेललाई ललितपुर महानगरपालिकाले सम्मान गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्मान गरेका हुन्। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मानपत्र प्रदान गरिएको हो।
एनसेल लामो समयदेखि बढी कर तिर्ने कम्पनीको रूपमा स्थापित रहँदै आएको छ।
‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नुभएको यो सम्मानका लागि हामी कृतज्ञ छौं। एक ठूलो करदाताका रूपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजश्वमा ठूलै योगदान गछौं र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरुपमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौं र यो कार्यले निरन्तरता पाउने कुरामा म विश्वस्त छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मान पाइसकेको छ।
एनसेलले स्थापनाकालदेखि गत आर्थिक वर्षसम्म विभिन्न कर तथा शुल्क शीर्षकहरूमा ३०० अर्ब रुपैयाँभन्दा बढी तिरिरहेको छ।
गत वर्ष कम्पनीले २० अर्ब ३० करोड कर तथा शुल्क सरकारलाई दाखिला गरेको थियो। कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत २ अर्बभन्दा बढीको योगदान गरेको छ।