काठमाडौं। सेयर बजारमा झिनो सुधार देखिएको छ। दुई दिनमा ८४ अंकले घटेको सेयर बजारमा मंगलबार २.९५ अंकको सुधार आएको हो।
मंसिर २७ गते ३३.४२ अंकले घटेको नेप्सेमा सोमबार ५१.३७ अंकको गिरावट आएको थियो। मंगलबार सेयर बजारमा दिनभर मोलमोलाइ चल्यो।
बजार खुलेको आधा घण्टामा २६१२ अंकमा झरेको नेप्से त्यसको एक घण्टामा २६४७ विन्दुसम्म पुगेको थियो। बजारमा ११७ कम्पनीका लगानीकर्ताले कमाउँदा ११७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
बजारमा ४ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै सेयर कारोबार जानकी फाइनान्सको भएको छ। यो कम्पनीको २२ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको हो।