काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन्।
सेेबोनमा सुपरिवेक्षण विभाग प्रमुख रहेका पोखरेलले माघ दोस्रो सातादेखि लागू हुनेगरी राजीनामा दिएका हुन। पोखरेल २०७९ कात्तिक १६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए।
उनले सेबोन सञ्चालक समिति र कर्मचारीसामु व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो नियुक्ति लगत्तै मंसिर दोस्रो साता पोखरेललाई नीति, अनुसन्धान र तालिम विभागबाट सुपरिवेक्षण विभागमा सरुवा गरेका थिए। सेबोनमा सुपरिवेक्षण विभाग सबैभन्दा आकर्षक मानिन्छ।