BIZMANDU
www.bizmandu.com

नेप्सेमा ५१.३७ अंकको गिरावट, २२७ कम्पनीका लगानीकर्ताले गुमाए, ५.९३ अर्बको सेयर किनबेच

२०८१ पुष १

नेप्सेमा ५१.३७ अंकको गिरावट, २२७ कम्पनीका लगानीकर्ताले गुमाए, ५.९३ अर्बको सेयर किनबेच
नेप्सेमा ५१.३७ अंकको गिरावट, २२७ कम्पनीका लगानीकर्ताले गुमाए, ५.९३ अर्बको सेयर किनबेच


काठमाडौं। सेयर बजार परिसूचक ५१.३७ अंकले घटेर २६३०.५१ विन्दुमा आइपुगेको छ। सबै उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
NLIC

फाइनान्सको सूचक सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ। यस्तै, ट्रेडिङको सूचक ३.३१ प्रतिशतले ओरालो लागेको छ। २२७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.५८ प्रतिशतले घटेको छ। १५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजारमा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएकामा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख, जानकी फाइनान्सको १८ करोड ४९ लाख र हिमालयन रि-इन्स्योरेन्सको १५ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।