काठमाडौं। रियल सेक्टरका १५ वटा कम्पनीले आइपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। सेबोनका अनुसार उत्पादन तथा प्रशोधन क्षेत्रका सिमेन्ट, स्टिल, मदिरा र औषधि कम्पनीले आइपीओ निष्कासनको अनुमति मागेका हुन्।
ती कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको ९ करोड १६ लाख ७५ हजार ६८४ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
५ कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न चाहेका छन्। जगदम्बा स्टिल्सले अंकित मूल्यमा ३१० रुपैयाँ थपेेर प्रिमियम मूल्यको आइपीओका लागि आवेदन दिएको छ।
सौर्य सिमेन्ट इन्डष्ट्रिजले २६४.५ रुपैयाँ प्रिमियम थप्न अनुमति मागेको छ। मारुती सिमेन्टले ३७७ रुपैयाँ, रिद्धिसिद्धि सिमेन्टले २१४.१० र अम्बे स्टिल्सले ३०३ रुपैयाँ प्रिमियम थपेर आइपीओ निष्कासन गर्न चाहेका हुन।
कम्पनी | आइपीओ संख्या | रुपैयाँ |
एकर्ड फर्मास्युटिकल्स | ७,०६,९०९ | ७,०६,९०,९०० |
जगदम्बा स्टिल्स | २,००,७०,००० | ६,०२,१०,००,००० |
एनवाई प्यानल नेपाल लिमिटेड | ५२,३२,५४८ | ५२.३२,५४,८०० |
सौर्य सिमेन्ट इन्डष्ट्रिज | १,५९,८१,५०० | ४,२२,७२,६६,५६५ |
मारुती सिमेन्ट | १,१६,००,००० | ४,३७,३२,००,००० |
स्मार्ट डोर्स | ३,०६,००० | ३,०६,००,००० |
ओम मेघाश्री फर्मास्युटिकल्स | १८,००,००० | १८,००,००,००० |
पाल्पा सिमेन्ट इन्डष्ट्री | ७५,००,००० | ७५,००,००,००० |
लक्ष्मी टेक्नोप्लास्ट | १०,००,००० | १०,००,००,००० |
श्री डिस्टीलरी | ९,६०,००० | ९,६०,००,००० |
सोपान फर्मास्युटिकल्स | ११,००,००० | ११,००,००,००० |
भूूगर्भ सिमेन्ट | १२,६२,५०० | १२,६२,५०,००० |
रिद्धिसिद्धि सिमेन्ट | १,२१,७१,५०० | २,६०,५९,१८,१५० |
सागर डिस्टीलरी | ७,९२,००० | ७,९२,००,००० |
अम्बे स्टिल्स | १,११,९२,७२७ | ३,३९,१३,९६,२८१ |
आइपीओ निष्कासनका लागि सेबोनमा २०७९ फागुनयता परेको आवेदनमा सेबोनले निर्णय गरेको छैन। पाइपलाइनमा रहेका कम्पनीले आइपीओ जारी गरेपछि सेयर बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रको दबदबा बढ्ने छ।
अहिले नेप्सेमा २६७ कम्पनी सूचीकृत रहेकामा तीमध्ये ८ वटा मात्रै उत्पादन तथा प्रशोधन क्षेत्रका हुन्।