BIZMANDU
www.bizmandu.com

आईसीटी अवार्डसँग एनसेल फाउन्डेसनको सहकार्य, सपोर्टेड बाइ पार्टनरका रूपमा आवद्ध

२०८१ मंसिर ३०

आईसीटी अवार्डसँग एनसेल फाउन्डेसनको सहकार्य, सपोर्टेड बाइ पार्टनरका रूपमा आवद्ध
आईसीटी अवार्डसँग एनसेल फाउन्डेसनको सहकार्य, सपोर्टेड बाइ पार्टनरका रूपमा आवद्ध


काठमाडौं। एनसेल फाउन्डेसनले आईसीटी अवार्डसँग सहकार्य गरेको छ। एनसेलले पुस ५ गते हुने आईसीटी अवार्डको ग्राण्ड फिनालेका लागि सहकार्य गरेको हो।

Tata
GBIME
NLIC

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमाभइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।

अवार्डको फिनालेका लागि आफू सपोर्टेड बाइ पार्टनरका रूपमा आवद्ध भएको एनसेल फाउन्डेसनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आईसीटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु सहकार्यको उद्देश्य भएको फाउण्डेसनको भनाइ छ।

‘हामी आफैं पनि लामो समयदेखि यो क्षेत्रमा डिजिटल डिभाइडको ग्याप घटाउन कार्यरत छौं। डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तिको सम्मान गर्ने अवार्डमा सहकार्य गर्न पाएकामा खुसी छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन्।

नवौं संस्करणको आईसीटी अवार्ड अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुरेका विभिन्न संस्था, स्टार्टअप र व्यक्तिलाई विभिन्न १४ विधामा सम्मान गरिंदैछ।

सूचना प्रविधि क्षेत्रमा महिलाहरको सहभागिता बढाउनका लागि प्रोत्साहन गर्न एनसेलले ४ वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्दै आएको छ।

यो वर्ष पनि सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूको सम्मानमा आईसीटी अवार्डसँग मिलेर ३ लाख रूपैयाँसहित सम्मान गर्ने एनसेलले जनाएको छ।