BIZMANDU
www.bizmandu.com

भैरहवामा कम्बोडियाबाट सिधा उडान गर्न पर्यटनमन्त्री पाण्डेको प्रस्ताव, छलफलमा ‘बौद्ध सर्किट’

२०८१ मंसिर ३०

भैरहवामा कम्बोडियाबाट सिधा उडान गर्न पर्यटनमन्त्री पाण्डेको प्रस्ताव, छलफलमा ‘बौद्ध सर्किट’
भैरहवामा कम्बोडियाबाट सिधा उडान गर्न पर्यटनमन्त्री पाण्डेको प्रस्ताव, छलफलमा ‘बौद्ध सर्किट’

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कम्बोडियाबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएका शिष्टाचार भेटमा कम्बोडिया–भैरहवा–कम्बोडिया उडानको प्रस्ताव गरेका हुन्।

मन्त्री पाण्डेले कम्बोडियाका मन्त्रीसामु उडान प्रस्ताव गर्ने क्रममा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले पाउने सहुलियतबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ।

दुई देशका मन्त्रीबीच दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ विकास गर्न सकिने विषयमा पनि छलफल भएको छ।