काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको हो।
हाइड्रो डेभलपरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। कम्पनीको चुक्ता पुँजी ३५ करोड ९४ लाख रुपैयाँ छ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि पुस ८ गते बुकक्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्नेछन्।