BIZMANDU
www.bizmandu.com

विदेशी र आन्तरिक पर्यटन प्रवर्धन गर्न भक्तपुर महोत्सव सुरु, पुस २ गतेसम्म संचालन हुने

२०८१ मंसिर २९

विदेशी र आन्तरिक पर्यटन प्रवर्धन गर्न भक्तपुर महोत्सव सुरु, पुस २ गतेसम्म संचालन हुने
विदेशी र आन्तरिक पर्यटन प्रवर्धन गर्न भक्तपुर महोत्सव सुरु, पुस २ गतेसम्म संचालन हुने


भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव कार्यक्रम सुरु भएको छ। मंसिर २८ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म संचालन हुनेछ।

Tata
GBIME
NLIC

महोत्सवमा नगरपालिकाले तोकेका ३२ वटा स्थलहरुमा विभिन्न गतिविधि सञ्चालन हुनेछ। भक्तपुरका चोक र गल्लीहरुमा पनि स्थानीयबासीहरुले विभिन्न आकर्षक गतिविधिहरु सञ्चालन गरिरहनेछन्।

विदेशी पर्यटकहरुसँगै आन्तरिक पर्यटकहरुको पनि प्रवर्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

भक्तपुर महोत्सवकै अवसर पारेर नगरपालिकाले वडा नं. १० क्वाठण्डौंमा २०८१ मंसिर २९ गते शुक्रबार खुल्ला बाँसुरी बाजा प्रतियोगिताको आयोजना गर्दैछ।

सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रंगाउने, कुमारी (जीवित देवी) प्रदर्शनी, दिपंकर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणहरु हुन्।

त्यस्तै परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी, नौ बाजा प्रदर्शनी, दही महोत्सव, दिपावली, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरुको गतिविधि प्रदर्शनी, बालबालिकामैत्री गतिविधि तथा सांस्कृतिक कार्यक्रम, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, पुस्तक प्रदर्शनी, बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शन, विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी, सांस्कृतिक जात्रा पर्व संस्कृतिको नमुना प्रदर्शनी र परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनी गरिँदैछ।