BIZMANDU
www.bizmandu.com

तेलेगु ‘आइकन स्टार’ अल्लु अर्जुन पक्राउ, हैदरावादको थिएटरमा भागढौड घटनाबारे सोधपुछ हुने

२०८१ मंसिर २८

तेलेगु ‘आइकन स्टार’ अल्लु अर्जुन पक्राउ, हैदरावादको थिएटरमा भागढौड घटनाबारे सोधपुछ हुने
तेलेगु ‘आइकन स्टार’ अल्लु अर्जुन पक्राउ, हैदरावादको थिएटरमा भागढौड घटनाबारे सोधपुछ हुने

भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्। तेलेगु सिनेमामा ‘आइकन स्टार’का रुपमा परिचित उनको फिल्म ‘पुष्पा २’ हाल हलहरुमा प्रदर्शनरत् छ।

Tata
GBIME

यही डिसेम्बरको सुरुवातमा फिल्म प्रदर्शनकाक्रममा हैदरावादमा भागदौड मच्चिएको थियो। जसमा एकजनाको मृत्यु भएको थियो। यही घटनालाई आधार बनाएर अल्लु अर्जुनलाई पक्राउ गरिएको स्थानीय मिडियाले उल्लेख गरेको छ।

सो घटनापछि प्रहरीले सन्ध्या थिएटरसँगै कलाकार र उनको सुरक्षा गर्न खटिएको टोलीविरुद्धसमेत मुद्दा दर्ता गरेको थियो।  

यसअघि प्रहरीले यही घटनामा अन्य ३ जनालाई पक्राउ गरेको थियो। प्रहरीले अल्लु अर्जनसँग थिएटरमा आउनेबारेमा सूचनाबारे जानकारी लिने बताइएको छ।