BIZMANDU
www.bizmandu.com

अन्नपूर्ण हेलिकोप्टरको उडान इजाजत पत्र निलम्बन ८ महिना पछि फुकुवा, ‘एसएमएस’मा सुधार

२०८१ मंसिर २८

अन्नपूर्ण हेलिकोप्टरको उडान इजाजत पत्र निलम्बन ८ महिना पछि फुकुवा, ‘एसएमएस’मा सुधार
अन्नपूर्ण हेलिकोप्टरको उडान इजाजत पत्र निलम्बन ८ महिना पछि फुकुवा, ‘एसएमएस’मा सुधार

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको अन्नपूर्ण हेलिकोप्टरको उडान इजाजतपत्र फुकुवा गरेको छ। ८ महिना अगाडि कम्पनीको हवाई सुरक्षा मापन दर १६ प्रतिशत मात्र लागू भएको भन्दै हेलिकोप्टर कम्पनीको उडान इजाजत पत्र नै निलम्बन गरिएको थियो।

Tata
GBIME
Nepal Life

प्राधिकरणले पटक पटक गरेको कम्पनीको सम्परीक्षण पछि सुरक्षा दर ६३ प्रतिशत कायम भएपछि इजाजत निलम्बन फुकुवा गर्ने निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘उडान सुरक्षा दर ज्यादै न्यून भएका कारण हामीले अन्नपूर्णको एओसी नै निलम्बन गरिदिएका थियौं,’ सूचना अधिकारी भुलले भने,’पछिल्लो समय उसको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस)मा सुधार आए पछि निलम्बन फुकुवा गर्ने निर्णय गरिएको हो।’

बिहीबार निलम्बन फुकुवाको निर्णयसँगै हेलिकोप्टर कम्पनीले अब केही दिनमै आफ्नो व्यावसायिक चार्टर्ड उडान गर्न सकने उनले जानकारी दिए।

हाल यो कम्पनीले एउटा मात्र हेलिकोप्टरमार्फत आफ्नो सेवा दिँदै आएको छ।