BIZMANDU
www.bizmandu.com

खुम्बु क्षेत्रमा उडान रोक्ने निकुञ्जको निर्णयमा संघको आपत्ति, उडान सुरक्षा प्रत्याभूत गराउन माग

२०८१ मंसिर २७

खुम्बु क्षेत्रमा उडान रोक्ने निकुञ्जको निर्णयमा संघको आपत्ति, उडान सुरक्षा प्रत्याभूत गराउन माग
खुम्बु क्षेत्रमा उडान रोक्ने निकुञ्जको निर्णयमा संघको आपत्ति, उडान सुरक्षा प्रत्याभूत गराउन माग

काठमाडौं। सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाएकोप्रति वायुसेवा सञ्चालक संघ नेपालले आपत्ति जनाएको छ। निकुञ्ज र स्थानीय समूहले क्षेत्राधिकार बाहिर गई निर्णय गरेको संघ भनाई छ।

Tata
GBIME

यसअघि निकुञ्जको निर्णयमा नेपाल नागरिक प्राधिकरणले पनि निर्णयमा आपत्ति जनाउँदै उडान यथावत् राख्न निर्देशन दिएको थियो। निकुञ्ज कार्यालयलाई उडान रोक्ने अधिकार नभएको भन्दै क्यानले आपत्ति जनाएको थियो।

क्यानको धारणा लगत्तै संघले विज्ञप्ति जारी गर्दै उडान सुरक्षा प्रत्याभूतिको माग समेत गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्राधिकारभन्दा बाहिर गई रोक लगाएको उडान रोक्न हामी बाध्य हुने छैनौं। तसर्थ सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेको गन्तव्यहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिइ उडानलाई निरन्तरता दिने जानकारी गराउँदछौँ।’

कानुनको पालना गरेर उडानका कामलाई निरन्तरता दिने संघले सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ।