BIZMANDU
www.bizmandu.com

एनपीएलको माहोलबीच फुटबल फ्रेन्चाइजको मिति घोषणा, चैतमा एनएसएल हुने

२०८१ मंसिर २७

एनपीएलको माहोलबीच फुटबल फ्रेन्चाइजको मिति घोषणा, चैतमा एनएसएल हुने
एनपीएलको माहोलबीच फुटबल फ्रेन्चाइजको मिति घोषणा, चैतमा एनएसएल हुने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को माहोल चलिरहँदा फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणा भएको छ।

Tata
GBIME

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट प्राइभेट लिमिटेडले बिहीबार तेस्रो संस्करणको एनएसएलको मिति घोषणा गरेको हो। एनएसएलको पछिल्लो संस्करण २०८० मंसिरमा भएको थियो। पहिलो संस्करण २०७८ वैशाखमा भएको थियो।

तेस्रो संस्करण चैत १६ गतेबाट सुरु हुने आयोजकले जनाएको छ।

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले आगामी संस्करणलाई अझ भव्य बनाउनका लागि तयारी सुरु भइसकेको बताए।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले नेपाली फुटबल क्यालेन्डरमा एनएसएलको महत्वपूर्ण भूमिका रहने भन्दै नेपाली राष्ट्रिय फुटबल टोलीले २५ मार्चमा घरेलु मैदानमा खेल्ने र २९ मार्चबाट एनएसएल सुरु हुने बताए।

एनएसएलको पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र दोस्रो संस्करणको विजेता ललितपुर हुन्।