BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणमा अध्यक्षको काम गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव दाहाललाई

२०८१ मंसिर २७

बीमा प्राधिकरणमा अध्यक्षको काम गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव दाहाललाई
बीमा प्राधिकरणमा अध्यक्षको काम गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव दाहाललाई

काठमाडौं। नेपाल बीमा प्राधिकरणमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको रुपमा काम गर्ने भएका छन्।

Tata
GBIME

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता किर्तेमा मुद्दा दायर भएका कारण निलम्बनमा परेपछि अब दाहालले अध्यक्षको रुपमा काम गर्ने भएका हुन्।

दाहाल अहिले प्राधिकरणको सञ्चालक समिति सदस्य छन्। अर्थमन्त्री विष्णु पौडेलले प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि दाहाललाई अध्यक्षका रुपमा कामकाज गर्ने जिम्मेवारी दिएका हुन्।

‘बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका कारण मन्त्रीज्यूले सहसचिव दाहाललाई प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्नेगरी तोक्नुभएको हो,’ मन्त्रालयका एक उच्च अधिकृतले भने।

प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते मुद्दा दायर गरेको थियो।