BIZMANDU
www.bizmandu.com

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश : अन्य मुद्दामा अनुसन्धान जारी, तत्काल रिहा नहुने

२०८१ मंसिर २७

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश : अन्य मुद्दामा अनुसन्धान जारी, तत्काल रिहा नहुने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश : अन्य मुद्दामा अनुसन्धान जारी, तत्काल रिहा नहुने


काठमाडौं । विवादस्पद व्यापारी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

Tata
GBIME
NLIC

जिल्ला अदालत काठमाडौंका न्यायधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार ४० हजार रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश दिएको हो।

बुधबार मात्र प्रसाईं विरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको थियो। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गर्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। यसअघि पनि उनी विद्युतीय कारोबार अनुसार नै मुद्दा दर्ता हुँदा धरौटीमा रिहा भएका थिए। त्यसैको आधारमा डेढी सजाय समेत माग गरिएको थियो।

जिल्ला अदालतबाट धरौटीमा रिहा गर्ने आदेश दिइए पनि उनी रिहा नहुने भएका छन्। उनी माथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पनि दुईवटा मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ। संगठित अपराधमा अनुसन्धान भइरहेकाले अझै प्रहरीले केही समय उनलाई हिरासतमा राख्ने छ।

मंसिर ६ गते प्रहरीले प्रसाईंलाई भक्तपुरबाट साइबर अपराध गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अपुष्ट आरोप लगाएका थिए।