BIZMANDU
www.bizmandu.com

सेयर बजारमा गिरावट, नेप्से ३३.४२ अंक घट्दा ६ अर्ब १४ करोडको कारोबार

२०८१ मंसिर २७

सेयर बजारमा गिरावट, नेप्से ३३.४२ अंक घट्दा ६ अर्ब १४ करोडको कारोबार
सेयर बजारमा गिरावट, नेप्से ३३.४२ अंक घट्दा ६ अर्ब १४ करोडको कारोबार


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। बुधबार ४५.८८ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा आएको छ।

Tata
GBIME
NLIC

उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक २.६४ प्रतिशतले घटेको छ।

कारोबारमा आएका ३०४ मध्ये २०४ कम्पनीको भाउ घटेको छ। जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

४० कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्रिशुली जलविद्युत कम्पनीको मूल्य सर्वाधिक ८.५५ प्रतिशतले बढेको छ।

बजारमा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर किनबेच हुँदा जानकी फाइनान्सको सर्वाधिक २६ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै, सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख र जोशी हाइड्रोपावरको १५ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।