BIZMANDU
www.bizmandu.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १० देखि ८०० मिटर भिजिबिलिटीमा उडान, सूचना जारी

२०८१ मंसिर २७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १० देखि ८०० मिटर भिजिबिलिटीमा उडान, सूचना जारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १० देखि ८०० मिटर भिजिबिलिटीमा उडान, सूचना जारी

काठमाडौ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १० देखि ८०० मिटर भिजिबिलिटीमा अन्तर्राष्ट्रिय उडान अवतरण हुने भएको छ।

Tata
GBIME

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हुस्सुका कारण उडान प्रभावित हुने समस्या समाधानका लागि भैरहवा विमानस्थलमा आरएनपी-एआर प्रणाली जडान गर्न लागेको हो। क्यानले माघ १० देखि आरएनपी-एआर प्रणाली अन्तर्गत उडान अवतरण हुने सूचना निकालेको छ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले अन्तर्राष्ट्रिय वायुसेवा प्रुदायक कम्पनीको जानकारीका लागि सूचना निकालेको बताए।

‘जनवरी २३ तारिखबाट ८०० मिटर भिजिबिलिटीमा अन्तर्राष्ट्रिय उडान अवतरण हुने जानकारी दिने उद्देश्यले सूचना जारी गरिएको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रावधान अनुसार हामीले ४२ दिन अगाडि सूचना जारी गरेका हौं।’

अहिले भैरहवा विमानस्थलमा भेरी हाइ फ्रिक्वेन्सी (भीओआर) प्रणाली छ। यसमा जहाज अवतरणका लागि न्यूनतम १८०० मिटर भिजिबिलिटी आवश्यक हुन्छ। बिहान हुस्सुका कारण भिजिबिलिटी कम हुँदा उडान अवतरण प्रभावित हुँदै आएको छ।

त्यही कारण आरएनपी एआर प्रणालीमार्फत उडान अवतरणको तयारी अषगाडि बढाएको क्यानले जनाएको छ।

आरएनपी एआरका लागि जमिनमा कुनै उपकरण आवश्यक पर्दैन। यो प्रणाली भू-उपग्रहमार्फत सञ्चालन हुनेछ।

भैरहवा विमानस्थलमा अहिले थाइ एयर एसिया, फ्लाइ दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले नियमित व्यावसायिक उडान गर्दै आएका छन्।