BIZMANDU
www.bizmandu.com

एनपीएल : विराटनगर किंग्सले टस जितेर पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै

२०८१ मंसिर २७

एनपीएल : विराटनगर किंग्सले टस जितेर पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै
एनपीएल : विराटनगर किंग्सले टस जितेर पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबार हुने पहिलो खेलमा विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

Tata
GBIME

४ खेल खेल्दा १ जित र ३ पराजय ब्यहोरेको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ। सोही नतिजा निकालेको पोखरा एभेन्जर्स सातौँ स्थानमा छ। यसअघि यी दुवै टोलीले लुम्बिनी लायन्सलाई हराउँदा अन्य टोलीसँग पराजित भएका थिए।

विराटनगरले यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजय ब्यहोरेको थियो भने लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

अर्कोतर्फ पोखराले चितवन राइनोज, जनकपुर बोल्ट र कर्णाली याक्ससँग हार ब्यहोर्दा लुम्बिनी लायन्सलाई हराएको थियो। विराटनगरको टोलीमा आज नेदरल्याण्ड्सका कप्तानसमेत रहेका विकेटकिपर ब्याट्सम्यान स्टक एडवार्ड्सले पहिलो खेल खेल्दैछन्।