काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाइँविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नेपाल प्रहरीको साइबर ब्युरोले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार प्रसाइँविरुद्ध मुद्दा दायर गरेको हो।
जिल्ला अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा प्रसाइँलाई साढे ७ वर्ष कैद सजाय माग गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा ३२ अर्ब लगानी गरेको ‘फेक’ कागज सार्वजनिक गरेको भन्दै प्रहरीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेको थियो।