BIZMANDU
www.bizmandu.com

करणले चार विकेट लिँदा काठमाडौं विजयी, लुम्बिनी प्लेअफ होडबाट बाहिरियो

२०८१ मंसिर २६

करणले चार विकेट लिँदा काठमाडौं विजयी, लुम्बिनी प्लेअफ होडबाट बाहिरियो
करणले चार विकेट लिँदा काठमाडौं विजयी, लुम्बिनी प्लेअफ होडबाट बाहिरियो

काठमाडौं । कीर्तिपुरमा आज एनपीएल अन्तर्गत भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ।

Tata
GBIME

सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौंले १९.२ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमात्रै बनाउन सक्यो।

काठमाडौं १८ रनले विजयी हुँदै प्रतियोगिताको प्लेअफमा होडमा कायम छ। लुम्बिनी भने प्लेअफ होडबाट बाहिरिएको छ।

काठमाडौंलाई जिताउन कप्तान करण केसीले ४ विकेट लिए भने दिपेश कँडेलले ३ विकेट लिए। गुर्खाजको बलमा लायन्सका ब्याट्समेनहरु टिक्न सकेनन्।

लायन्सका सन्दीप जोरामा सर्वाधिक २६ रन बनाए। उन्मुक्त चन्दले १४ रन र सूर्य तामाङले ११ रन बनाउन सके। अन्य ब्याट्मेनले दोहोरो अंक नै बनाउन सकेनन्।