BIZMANDU
www.bizmandu.com

चलेन काठमाडौं गुर्खाजको ब्याटिङ, लुम्बिनी लायन्ससामू १ सय ४ रनको सामान्य लक्ष्य पेस

२०८१ मंसिर २६

चलेन काठमाडौं गुर्खाजको ब्याटिङ, लुम्बिनी लायन्ससामू १ सय ४ रनको सामान्य लक्ष्य पेस
चलेन काठमाडौं गुर्खाजको ब्याटिङ, लुम्बिनी लायन्ससामू १ सय ४ रनको सामान्य लक्ष्य पेस

काठमाडौं। काठमाडौं गुर्खाजले लुम्बिनी लायन्ससामू १ सय ४ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौंले १९.२ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो।

Tata
GBIME

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले राम्रो सुरुवात गर्न सकेन। पहिलो ओभरको तेस्रो बलमै माइकल लेभिट रेमोन सिमोन्ड्सको बलमा बोल्ड हुन पुगे।

त्यस्तै पाँचौँ ओभरमा अर्का ओपनर स्टेफेन इस्किनाजी पनि १३ रन बनाए अभिशेष गौतमको बलमा बोल्ड आउट भए। त्यसपछि आएका गेरार्ड इरास्मस १ रन बनाएर आउट भए। उनलाई साद बिन जाफरले सन्दीप जोराको हातबाट क्याचआउट गराए।

काठमाडौंका लागि सुमित महर्जनले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ४ रन बनाएको अवस्थामा उनी जाफरकै बलमा क्याच आउट भए।

ड्यान डाउथवेटले काठमाडौंका लागि केही रन उकासे। २१ रन बनाएका उनी विवेक यादवको बलमा आउट भए।

काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। त्यस्तै प्रतीक श्रेष्ठले २० रन बनाउँदा शाहब आलम ८ रनमा आउट भए।

लुम्बिनीका लागि जाफरले सर्वाधिक ३ विकेट लिँदा सिमोन्ड्स र गौतमले समान २ तथा सूर्य तामाङ र विवेक यादवले १/१ विकेट लिए।

लुम्बिनी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।