BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने

२०८१ मंसिर २६

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने

काठमाडौं। कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियन पे इन्टरनेसनल)का कार्ड स्वीकार गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ आफ्ना सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने छ।

यसबाट व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकको छ।