BIZMANDU
www.bizmandu.com

असफल ‘मार्सल ल’ पछि योलमाथि बढ्दो दबाब, राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

२०८१ मंसिर २६

असफल ‘मार्सल ल’ पछि योलमाथि बढ्दो दबाब, राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
असफल ‘मार्सल ल’ पछि योलमाथि बढ्दो दबाब, राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीले छापा हानेका छ। असफल ‘मार्सल ल’ लागू गरेका योलमाथि अहिले राजनीतिक रुपमा राजीनामा दिन दबाब बढ्दो छ।

Tata
GBIME
Nepal Life

दुई घण्टा पनि नटिकेको ‘मार्सल ल’ पछि उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। तर, संसद्मा सो प्रस्ताव पारित हुन सकेन। यद्यपि, उनलाई पद जसरी पनि छाड्न बाध्य बनाउनमा विपक्षी दल देखिन्छ।

‘मार्सल ल’ मा साथ दिएका योलका सहयोगीहरु समेत पक्राउ परिरहेका छन्। योललाई सैन्य कानुन लगाउन साथ दिएका पूर्व रक्षा मन्त्री किम योङ हुङले आत्महत्याकै प्रयास गरेका थिए। हाल किमलाई ‘गार्डिङ रुम’ मा राखिएको छ र उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ। उनी आइतबार पक्राउ परेका थिए।

बुधबार १८ जना अनुसन्धानकर्तालाई राष्ट्रपति कार्यालयमा पठाइएको थियो। मार्सल ल घोषणा गर्नु अघि बसेको मन्त्रिपरिषद् बैठको निर्णयको रेकर्डहरु लिन उनीहरुलाई पठाइएको थियो। त्यसबेला राष्ट्रपति योल कार्यालयमा थिएनन्।

योललाई अहिले देश छाड्न प्रतिबन्ध नै लगाइएको छ।