BIZMANDU
www.bizmandu.com

सिचुआन एयरलाइन्सले पुस ११ गते पोखरामा चार्टर्ड उडान गर्दै, छेङ्दुबाट पर्यटक ल्याउने

२०८१ मंसिर २५

सिचुआन एयरलाइन्सले पुस ११ गते पोखरामा चार्टर्ड उडान गर्दै, छेङ्दुबाट पर्यटक ल्याउने
सिचुआन एयरलाइन्सले पुस ११ गते पोखरामा चार्टर्ड उडान गर्दै, छेङ्दुबाट पर्यटक ल्याउने

काठमाडौं। सिचुआन एयरलाइन्सले पुस ११ गते छेङ्दु-पोखरा चार्टर्ड उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुआन एयरलाइन्स चिनियाँ पर्यटक लिएर आउने भएको हो।

Tata
GBIME

‘सिचुआन एयरलाइन्सले पुस ११ गते चिनियाँ पर्यटकसहित पोखरामा चार्टर्ड उडान गर्न लागेको छ। जहाज पोखरामा चिनियाँ यात्रु ओरालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनेछ,’ भूलले भने, ‘त्यसपछि जहाजले काठमाडौं-छेङ्दु नियमित उडान गर्नेछ।’  

सिचुआन एयरलाइन्सले पोखरामा पछिल्लो पटक गत कात्तिकमा कुन्मिङबाट चार्टर्ड उडान गरेको थियो। नेपालका लागि सिचुआन एयरलाइन्सको जीएसए सोसाइटी इन्टरनेसनल ट्राभल हो।