BIZMANDU
www.bizmandu.com

रविलाई पोखराबाट काठमाडौं हुँदै विमानबाट लगियो वीरगंज, सिमरा विमानस्थलमा प्रदर्शन

२०८१ मंसिर २४

रविलाई पोखराबाट काठमाडौं हुँदै विमानबाट लगियो वीरगंज, सिमरा विमानस्थलमा प्रदर्शन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने शनिबार चितवनको भरतपुर कारागार निरीक्षण तथा अनुगमन गर्नुहुँदै । तस्बिर ः सनद अधिकारी÷रासस

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि वीरगंज पुर्‍याइएको छ।

Tata
GBIME

उनलाई सोमबार जहाजमार्फत पोखराबाट काठमाडौं ल्याइ काठमाडौंबाट सिमरा हुँदै त्यहाँबाट गाडीमा वीरगंज पुर्‍याइएको हो। पोखराबाट बिहान साढे ११ बजे काठमाडौं ल्याइएका रविलाई काठमाडौंबाट सिमरा लान भने केही समय लागेको थियो। मौसममा खराबीले जहाज तालिका अनुसार नउडेका कारण केही ढिलो भएको हो।

रविलाई सिमरा विमानस्थलबाट निकाल्ने क्रममा उनका समर्थकले प्रदर्शन गरेका थिए। उनीहरुले रविमाथि प्रतिशोध साँधिएको भन्दै सिमरा विमानस्थलबाहिर प्रदर्शन गरेका हुन्।

रविमाथि वीरगंजस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।

रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई त्यसै दिन राति पोखरा पुर्‍याइएको थियो। पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकमलाई लिएर प्रहरीले रविमाथि अनुसन्धान गरिरहेको हो।

रविलाई पोखरापछि बुटवल, काठमाडौं र चितवन लगेर बयान लिइएको थियो।

वीरगंजमा बयानपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अभियोग पत्र सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ। जिल्ला अदालत कास्कीले आइतबार रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।