BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजार : सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको भाउ भने स्थिर

२०८१ मंसिर २४

सुनचाँदी बजार : सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको भाउ भने स्थिर
सुनचाँदी बजार : सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको भाउ भने स्थिर


काठमाडौं। आइतबार घटेको सुनको मूल्य पुनः उकालो लागेको छ। सोमबार सुन तोलामा ४ सय रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार १०० सय रुपैयाँ कायम छ।

आइतबार सुन तोलामा ४ सय रुपैयाँले घट्दै प्रति तोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार ८६५ रुपैयाँ भएको थियो।

सुनको मूल्य घट्न थालेपछि बजारमा सुनको माग बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २६३६.७१ डलर छ। चाँदी प्रति औंस ३०.९४ डलर छ। आइतबार सुन प्रति औंस २६३३.०५ डलर र चाँदी प्रति औंस ३०.९७ डलर थियो।