BIZMANDU
www.bizmandu.com

नेपालको ऊर्जा क्षेत्रमा एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी छौँ : अर्थमन्त्री पौडेल

२०८१ मंसिर २४

नेपालको ऊर्जा क्षेत्रमा एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी छौँ : अर्थमन्त्री पौडेल
नेपालको ऊर्जा क्षेत्रमा एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्‍याएको एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताएका छन्।

Tata
GBIME

फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको बताए। प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उनले उल्लेख गरे।

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय ,कलेज तथा आमसर्वसाधारणले प्रदर्शनीको अवलोकन गरेका थिए।

नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरिएको हो। अवलोकनपछि पत्रकारहरूसँग बोल्दै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीबाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्‍याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडीबीको कति भूमिका छ भन्ने देखाएको बताए।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडीबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गरे। प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ। रासस