BIZMANDU
www.bizmandu.com

होटल बाराही काठमाडौंमा क्रिसमस केक मिक्सिङ कार्यक्रम आयोजना

२०८१ मंसिर २३

होटल बाराही काठमाडौंमा क्रिसमस केक मिक्सिङ कार्यक्रम आयोजना
होटल बाराही काठमाडौंमा क्रिसमस केक मिक्सिङ कार्यक्रम आयोजना

काठमाडौं। होटल बाराही काठमाडौंले क्रिसमस केक मिक्सिङ कार्यक्रमको आयोजना गरेको छ। ठमेलस्थित होटलको प्रवेशद्वारमा रहेको प्राइभेट लाउन्जमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो।

Tata
GBIME

कार्यक्रममा कलाकार, उच्चपदस्थ व्यक्तिहरू र ट्राभल इन्फ्लुएन्सर लगायतको सहभागिता थियो। आमन्त्रित पाहुना सबैले केक मिक्स गरेका थिए। केकमा किसमिस, चेरी, काजु, पेस्ता, बदामलगायत मिसाइएको थियो।

बाराही काठमाडौंका महाप्रबन्धक रोशन सापकोटाले कार्यक्रम केवल चाडपर्वको निरन्तरता मात्र नभई सम्बन्धहरूको सुदृढीकरण र उत्सवको आनन्द बाँड्ने अवसर भएको बताए।

पाहुनालाई केक मिक्सिङ कार्यक्रमपछि बाराहीका सेफहरूले तयार पारेको परिकारहरूको विशेष मेनुमा आधारित दिवा भोजको व्यवस्था गरिएको थियो।

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न पनि सकिन्छ।