BIZMANDU
www.bizmandu.com

सेयर बजारमा गिरावट, नेप्से ४५.९३ अंकले घट्दा ७ अर्ब ४६ करोडको कारोबार

२०८१ मंसिर २३

सेयर बजारमा गिरावट, नेप्से ४५.९३ अंकले घट्दा ७ अर्ब ४६ करोडको कारोबार
सेयर बजारमा गिरावट, नेप्से ४५.९३ अंकले घट्दा ७ अर्ब ४६ करोडको कारोबार


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा झरेको छ। कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
NLIC

लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ३.०७ प्रतिशतले घटेको छ। २१४ कम्पनीको सेयर मूल्य घटेको छ।

४ कम्पनीको सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

२७ कम्पनीको सेयर मूल्य बढेको छ। खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३२ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै, नेपाल फाइनान्स १५ करोड ६८ लाख, रिभर फल्स पावर १५ करोड ६५ लाख, खानी खोला हाइड्रोपावर १३ करोड ७८ लाख रुपैयाँ र बेस्ट फाइनान्स १२ करोड ९९ लाख रुपैयाँ सहित सेयर कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहे।