BIZMANDU
www.bizmandu.com

ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा, दुई दिने कार्यक्रम यस्ता

२०८१ मंसिर २३

ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा, दुई दिने कार्यक्रम यस्ता
ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा, दुई दिने कार्यक्रम यस्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओली आइतबार पहिलोपटक गृहजिसल्ला गएका हुन्।

Tata
GBIME

ओली त्यहाँ भवन उद्घाटन, शिलान्यास, खानेपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण र पार्टीसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

उनले केहीबेरअघि मेचीनगर–४ मा मानवसेवा आश्रम भवनको उद्घाटन गरेका छन्।

केहीबेरमा दमक–३ दापगाछीस्थित व्यावसायिक कम्प्लेक्स उद्घाटन गर्ने तालिका छ। उनी सोमबार बेलडाँगी खानेपानी आयोजना उद्घाटन, गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र गौरादह बजारमा ताजपुरिया समाजको भेलामा सहभागी हुने तालिका रहेको उनको सचिवालयले जनाएको छ।

उनले सोमबार बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तालिका छ।