काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानसँगै भान्छे र कुचीकारका लागि दरखास्त आह्वान गरेको छ।
आज नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै १ हजार १६५ जना प्रहरी जवान (जनपद) का लागि आवेदन माग गरिएको हो।
यस्तै, ४७ जना प्रहरी कार्यालय सहयोगी (भान्छे) र ११ जना प्रहरी कार्यालय सहयोगी (कुचीकार) का लागिसमेत दरखास्त मागिएको छ।
प्रहरी जवानका लागि कम्तीमा ८ कक्षा वा सो सहर उत्तिर्ण गरेको हुनुपर्नेछ।
देशभरका सतै प्रदेशका विभिन्न प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिनेछ।
भर्ना सम्बन्धी सूचना