BIZMANDU
www.bizmandu.com

सेबोन अध्यक्ष श्रेष्ठले भने- सेयर बजारमा इन्साइडर ट्रेडिङलाई निस्तेज पार्छु, काम थालिसकें

२०८१ मंसिर २०

सेबोन अध्यक्ष श्रेष्ठले भने- सेयर बजारमा इन्साइडर ट्रेडिङलाई निस्तेज पार्छु, काम थालिसकें
सेबोन अध्यक्ष श्रेष्ठले भने- सेयर बजारमा इन्साइडर ट्रेडिङलाई निस्तेज पार्छु, काम थालिसकें


काठमाडौं। नेपाल धिताेपत्र बाेर्ड(सेबाेन)का अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले सेयर बजारमा गलत गतिविधि राेक्नका लागि काम गरिरहेकाे बताएका छन्।

Tata
GBIME
NLIC

बिहीबार नेपाल स्टक ब्राेकर्स एसाेसियसन अफ नेपालकाे वार्षिक साधारण सभामा श्रेष्ठले इन्साइडर ट्रेडिङ, कर्नरिङ लगायतलाई निस्तेज पार्ने बताए।

`बजारमा हुने म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ, कर्नरिङ लगायत गलत गतिवधि राेक्न कति पनि हिच्किचाउन्न,´ उनले भने। उनले लगानीकर्ताकाे हितलाई केन्द्रमा राखेर आफूले सेबाेनको नेतृत्व सम्हालेदेखि नै काम सुरू गरिसकेकाे बताए।

ब्राेकरका समस्या समाधानका लागि पनि सेबाेन तयार रहेकाे उनकाे भनाइ छ। `ब्राेकर र बजारका समस्या समाधान गर्न सेबाेन तयार छ। हामीभन्दा माथिल्लो निकायबाट हुने काममा पनि सहकार्य गर्न तयार छु। मार्जिन ट्रेडिङ लगायत विषय सेबाेनले सम्बाेधन गर्छ,´ उनले भने।

श्रेष्ठले ब्राेकरले सेयर काराेबारकाे राफसाफ समयमै गर्नपर्नेमा जोड दिए। `सर्वसाधारणकाे काराेबारकाे हिसाबकाे राफसाफ समयमै हुनुपर्छ। यसले लगानीकर्ताकाे विश्वास बढाउँछ। लगानीकर्ताकाे चासाे पनि यहीं छ,´ उनले भने।