BIZMANDU
www.bizmandu.com

ओमोडा एन्ड जेइकोले ल्यायो एनपिएल विशेष ‘एनपिएल सिजन, डिल्स इन मोसन’ योजना

२०८१ मंसिर १९

ओमोडा एन्ड जेइकोले ल्यायो एनपिएल विशेष ‘एनपिएल सिजन, डिल्स इन मोसन’ योजना
ओमोडा एन्ड जेइकोले ल्यायो एनपिएल विशेष ‘एनपिएल सिजन, डिल्स इन मोसन’ योजना


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाइ’ सहप्रायोजक रहेको ओमोडा एन्ड जेइको नेपालले ‘एनपिएल सिजन, डिल्स इन मोसन’ योजनाको घोषणा गरेको छ।

Tata
GBIME

लिगको पहिलो संस्करणको उपलक्ष्यमा योजनाले ओमोडा एन्ड जेइकोको अत्याधुनिक गाडी खरिद गर्ने ग्राहकहरूको लागि छुट तथा अफरहरू ल्याएको छ।

योजना अन्तर्गत ओमोडा इफाइभ वा जेइको जेसिक्स बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा, र आर्थिक वर्ष २०८१/८२ का लागि नि:शुल्क सडक कर सुविधा प्राप्त गर्नेछन्। ओमोडा इफाइभ, ४३० किलोमिटरको डब्लुएलटिपी रेन्ज भएको पूर्ण-विद्युतीय एसयुभी हो जुन अत्याधुनिक डिजाइन, प्रविधि, र सुविधाहरूको लागि उत्कृष्ट गाडीको रूपमा स्थापित छ।

त्यसैगरी जेइको जेसिक्स, ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज भएको पूर्ण-विद्युतीय ‘फोर बाइ फोर’ अफ-रोडर एसयुभि हो जुन आकर्षक डिजाइन, र कम्प्याक्ट अल-आल्मुनियम बडिको लागि परिचित छ।

योजना अवधिभर, ग्राहकहरूले यी मोडलका गाडी उत्कृष्ट मूल्य तथा सहज फाइनान्सिङ सुविधासहित खरिद गर्न सक्नेछन्। पुष ६ गतेसम्म मान्य हुने यस योजनाका सुविधाहरूमा केही नियम तथा सर्तहरू पनि लागू हुनेछन्।

ओमोडा इफाइभ डिलक्सको बजार मूल्य ५५.९९ लाख रहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको ‘ड्रिभन बाइ’ सहप्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको, हरेक खेलमा नेपाली क्रिकेट, खेलाडी र दर्शकको समर्थन गर्दै सक्रीय उपस्थिति जनाइरहेको छ।