BIZMANDU
www.bizmandu.com

सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी, एउटा गाडीको चालक पक्राउ पर्दा अर्कोको फरार

२०८१ मंसिर १९

सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी, एउटा गाडीको चालक पक्राउ पर्दा अर्कोको फरार
सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी, एउटा गाडीको चालक पक्राउ पर्दा अर्कोको फरार

काठमाडौं। गाँजा तस्करी गर्न सरकारी गाडीको नम्बर प्लेट राखेको पाइएको छ। धरान-१३ अमरहाटबाट मंगलबार राति ६ सय ९० किलो अवैध लागूऔषध गाँजा बरामद गर्दा गाडीको नम्बर प्लेटमा तस्करले चलखेल गरेको पाइएको हो।

Tata
GBIME
NLIC

सरकारी नम्बर प्लेट लगाइएको बा१झ ४६०५ नम्बरको स्कोर्पियोबाट ३ सय ३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ। बा१झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङको सुन्दरहरैंचा-११ बस्ने ३६ वर्षीय श्यामकुमार विक पक्राउ परेका छन्।

गाडीहरूमा लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट टोली खटिएको थियो। बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको गाँजा बरामद भएपछि चालक विक पक्राउ परेका हुन्।

बा१झ ५१२७ नम्बरको गाडी प्रहरीले रोक्न खोज्दा छलेर भागेको थियो। नरोकेपछि प्रहरीले चार राउण्ड गोली चलाएको थियो। केही बेरमै सोही ठाउँस्थित भित्री बाटोमा चालकले छाडेर भागेको अवस्थामा गाडी भेटियो। त्यसमा प्लाष्टिकले प्याकिङ गरेका १२ वटा पोकामा गाँजा बरामद भएको छ।

फरार चालकको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।