BIZMANDU
www.bizmandu.com

राष्ट्रिय जीवन बीमा कम्पनीलाई लेखापरीक्षण गराउन अर्थमन्त्रीको निर्देशन, चार महिनाको समय

२०८१ मंसिर १९

राष्ट्रिय जीवन बीमा कम्पनीलाई लेखापरीक्षण गराउन अर्थमन्त्रीको निर्देशन, चार महिनाको समय
राष्ट्रिय जीवन बीमा कम्पनीलाई लेखापरीक्षण गराउन अर्थमन्त्रीको निर्देशन, चार महिनाको समय

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय जीवन बीमा कम्पनीलाई लेखापरीक्षण गराउन निर्देशन दिएका छन्।

Tata
GBIME

उनले बुधबार राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर चार महिनाभित्र लेखापरीक्षण गराउन भनेका हुन्। उनले लेखापरीक्षण नगराउनु कसैका लागि पनि हितकर नभएको बताए।

राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७१/०७२ देखि लेखापरीक्षण गराएको छैन।

कम्पनीको अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि साधारण सभा गरिने भएको छ। मन्त्री पौडेलले महालेखा परीक्षकको कार्यालय र नेपाल बीमा प्राधिकरणका पदाधिकारीलाई पनि छलफलमा बोलाएका थिए।

बीमा प्राधिकरणले २०७८ मा इन्स्योरेन्सको चुक्ता पुँजी बढाउने निर्णय गरेकामा अर्थ मन्त्रालयले सहमति नदिंदा सरकारी कम्पनीको हकमा कार्यान्वयन गर्न सकेको छैन। प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।