BIZMANDU
www.bizmandu.com

नेप्से २४.९७ अंकले घट्दा ९.१३ अर्बको कारोबार, विशाल बजारको सेयर ६४३ रुपैयाँ सस्तियो

२०८१ मंसिर १९

नेप्से २४.९७ अंकले घट्दा ९.१३ अर्बको कारोबार, विशाल बजारको सेयर ६४३ रुपैयाँ सस्तियो
नेप्से २४.९७ अंकले घट्दा ९.१३ अर्बको कारोबार, विशाल बजारको सेयर ६४३ रुपैयाँ सस्तियो

काठमाडौं। सेयर बजार परिसूचक २४.९७ अंकले घटेको छ। प्रि ओपनिङमा बढेर २७९५.७८ विन्दुमा पुगेको नेप्से दिनभरको उतारचढावपछि अन्तिममा २७५०.८७ विन्दु कायम भएको छ।

Tata
GBIME
NLIC

१०४ कम्पनीका लगानीकर्ताले कमाउँदा १३२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। घटेको बजारमा खानीखोला र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ।

एफपीओको हल्ला चलाएर ६ दिन लगातार उचालिएको विशाल बजार कम्पनीको सेयर मूल्य बुधबार ९.१७ प्रतिशत अर्थात प्रति कित्ता ६४३ रुपैयाँ घटेको छ। यो कम्पनीको सेयर मूल्य ६ दिनमा झण्डै २९०० रुपैयाँले बढाएर प्रति कित्ता ७ हजार माथि पुर्‍याइएको थियो।

सपोर्ट लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। जोशी हाइड्रोपावरको सबैभन्दा धेरै ३० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ।