BIZMANDU
www.bizmandu.com

नेपाल एसबीआई बैंकले लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

२०८१ मंसिर १९

नेपाल एसबीआई बैंकले लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?
नेपाल एसबीआई बैंकले लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

काठमाडौं। नेपाल एसबीआई बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल १० अर्ब ५० करोड १ लाख रुपैयाँ छ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको ३१औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।