BIZMANDU
www.bizmandu.com

आजको देशभर मौसम सफा : चिसो बढ्दै, छैन विशेष मौसम प्रणालीको प्रभाव

२०८१ मंसिर १९

आजको देशभर मौसम सफा : चिसो बढ्दै, छैन विशेष मौसम प्रणालीको प्रभाव
आजको देशभर मौसम सफा : चिसो बढ्दै, छैन विशेष मौसम प्रणालीको प्रभाव

काठमाडौं । बुधबार देशभर कुनै पनि विशेष मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

अहिले बिहान देशभर मौसम मूख्यतया सफा रहेको छ। धेरै स्थानमा चिसो ह्वात्तै बढेको छ। त्यसैले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।