BIZMANDU
www.bizmandu.com

दुर्गा प्रसाईंको हिरासत बसाइ लम्बियो, अदालतले थप चार दिन राख्न दियो अनुमति

२०८१ मंसिर १८

दुर्गा प्रसाईंको हिरासत बसाइ लम्बियो, अदालतले थप चार दिन राख्न दियो अनुमति
दुर्गा प्रसाईंको हिरासत बसाइ लम्बियो, अदालतले थप चार दिन राख्न दियो अनुमति

काठमाडौं। साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेको हो।

Tata
GBIME

 नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्न मंगलबार अनुमति मागेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई सीआइबीले मंसिर ५ गते पक्राउ गरेको थियो। अहिले सीआइबीले उनीसँग जोडिएको अर्को अपराध कसूरमा पनि अनुसन्धान गरिरहेको छ।

प्रसाईंको समूहले विभिन्न व्यक्तिलाई आपराधिक गिरोहको नाम लिएर धम्काएको उजुरी परेको छ। त्यसैका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।