BIZMANDU
www.bizmandu.com

भारतीय युवकले कीर्तिपुर ग्राउण्डबाटै एनपीएलको सट्टेबाजी गराएको भेटियो, अनुसन्धान हुँदै

२०८१ मंसिर १८

भारतीय युवकले कीर्तिपुर ग्राउण्डबाटै एनपीएलको सट्टेबाजी गराएको भेटियो, अनुसन्धान हुँदै
भारतीय युवकले कीर्तिपुर ग्राउण्डबाटै एनपीएलको सट्टेबाजी गराएको भेटियो, अनुसन्धान हुँदै

काठमाडौं। कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका तीन जना युवकहरु भारतीय नागरिक रहेको खुलेको छ। उनीहरुले खेल मैदानबाटै सट्टेबाजी गराएको आरोप छ।

Tata
GBIME

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सोमबार र मंगलबार क्रिकेट ग्राउन्डबाट नै उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कोलकाताका २४ वर्षीय सुमन घोष, उत्तरप्रदेशको कानपुरका २५ वर्षीय अमित यादव, बिहारका २७ वर्षीय सुमन्त कुमार र ३० वर्षीय ब्रजेशकुमार छन्।

उनीहरुको साथबाट भारतीय आधार कार्ड भेटिएको छ। उनीहरुको ६ थान मोबाइल नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

एनसपीएलमा सट्टेबाजी हुने आशंकमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सीआइबीले पनि एक एसपीको कमाण्डमा टोली परिचालन गरेको छ।

विभिन्न एपहरुको प्रयोग गरेर युवाहरुले अनलाइन सट्टेबाजी गर्ने गरेका छन्।