BIZMANDU
www.bizmandu.com

नेप्से १७.८० अंकले बढ्दा साढे ८ अर्बको सेयर किनबेच, विशाल बजारको मूल्य ७००० नाघ्यो

२०८१ मंसिर १८

नेप्से १७.८० अंकले बढ्दा साढे ८ अर्बको सेयर किनबेच, विशाल बजारको मूल्य ७००० नाघ्यो
नेप्से १७.८० अंकले बढ्दा साढे ८ अर्बको सेयर किनबेच, विशाल बजारको मूल्य ७००० नाघ्यो


काठमाडौं। सेयर बजार परिसूचक मंगलबार १७.८० अंकले बढेको छ। बजार खुलेलगत्तै बढेर २७९३ अंकमा पुगेको नेप्से अपराह्‍न १ बजे २७५ विन्दुमा ओर्लिएकामा अन्तिममा २७७५.८५ विन्दु कायम भएको हो।

Tata
GBIME
NLIC

दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर लगायत पाँच कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। लगातार चार दिन सर्किट लागेर उकालो लागेको विशाल बजार कम्पनीको सेयर मूल्य मंगलबार ६.४८ प्रतिशत अर्थात प्रति कित्ता ४२६.६० रुपैयाँ बढेर ७ हजार १५ रुपैयाँ पुगेको छ।

बजारमा ८ अर्ब ५२ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। १४२ कम्पनीका लगानीकर्ताले कमाउँदा ९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।