BIZMANDU
www.bizmandu.com

बोपाराले अर्धशतक बनाउँदा पोखरालाई चितवनको १ सय ६२ रनको मध्यम लक्ष्य

२०८१ मंसिर १८

बोपाराले अर्धशतक बनाउँदा पोखरालाई चितवनको १ सय ६२ रनको मध्यम लक्ष्य
बोपाराले अर्धशतक बनाउँदा पोखरालाई चितवनको १ सय ६२ रनको मध्यम लक्ष्य

काठमाडौं। चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

खेलको पाँचौँ ओभरमै पोखराले सफलता हात पारेको थियो। चितवनका ओपनर दीपक बोहरा विपिन खत्रीको बलमा बोल्ड आउट भए। त्यस्तै अर्का ओपनर हसन इसाखिल १० बलमा १४ रन बनाएर खत्रीकै बलमा आउट भए।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका लुक बेनकेनस्टेइन १६ रन बनाएर बस डी लिडेको बलमा ५.२ ओभरमा आउट भए।

चितवनलाई ४६-३ को अवस्थाबाट माथि लैजान कुशल मल्ल र रवि भोपाराले ६८ रनको साझेदारी गरे। यसक्रममा कप्तानसमेत रहेका मल्ल २३ बलमा ३८ रन बनाउँदै सागर ढकालको बलमा कुशल भुर्तेलबाट क्याचआउट हुन पुगे।

इङ्ग्ल्याण्ड अनुभवी अलराउण्डर रवि बोपराले भने अर्धशतकीय इनिङ्स खेल्दै ३८ बलमा ३ चौका र ३ छक्काको सहायतामा सर्वाधिक ५१ रन बनाए। उनलाई रायमन रेइफरले मार्कस क्रिचलेबाट क्याचआउट गराए।

त्यसपछिका सन्तोष कार्कीले ११ रन बनाउँदा सोहइल तान्विर गोल्डन डकआउट हुन पुगे। कार्कीको विकेट गुम्दा चितवन १७.५ ओभरमा १३९-७ को अवस्थामा थियो।

यस्तोमा शरद भेषवाकर र अमरसिंह रौटैलाले इनिङ्स अघि बढाए। भेषावाकर ११ र रौटैला १३ रनमा अविजित रहे।

बलिङतर्फ पोखराका विपिन खत्री, बस डी लिडे र रेमन रेइफरले समान २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए। पोखरा जवाफी ब्याटिङमा उत्रिएको छ।