BIZMANDU
www.bizmandu.com

नेपालमै प्रिमियम गुणस्तरका कजारिया टायल्सको उत्पादन, मूल्य २० देखि १५ प्रतिशत सस्तो

२०८१ मंसिर १८

नेपालमै प्रिमियम गुणस्तरका कजारिया टायल्सको उत्पादन, मूल्य २० देखि १५ प्रतिशत सस्तो
नेपालमै प्रिमियम गुणस्तरका कजारिया टायल्सको उत्पादन, मूल्य २० देखि १५ प्रतिशत सस्तो


काठमाडौं । नेपालको रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ।

Tata
GBIME
NLIC

नेपालमा उत्पादनसँगै प्रिमियम गुणस्तरीय टायल्सहरू सुलभ मुल्यमा सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालमै उत्पादन हुन थालेपछि टाइल्सको मूल्य २० देखि २५ प्रतिशतले सस्तो भएको र गुण्स्तर पनि उच्च नै रहेको कम्पनीको दाबी छ।

कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको हो ।

हाल कजारिया ब्राण्डका ६००x६०० एमएम, ६०० x १२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००x४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरि बजारमा बिक्री वितरण गरिरहेको छ। कम्पनीले निकट भविष्यमा ३००x६००एमएमर ३००x४५०एमएमसिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउने जनाएको छ।

अहिले देशभर १०० भन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ। निकट भविष्यमा आफ्नो बजारलाई आक्रामक रुपमा विस्तारको रणनीति कम्पनीको छ।

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक  प्रतिक्रियाबाट उत्साहित रहेको बताए।

‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौं। नेपाली बजारले हाम्रो उत्पादसँग असाधारण माया र समर्थन दिएको छ। कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं। नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विस्वस्थ छौं नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्जवल छ।’

कजारिया टायल्सको मुख्य विशेषता भनेको यसको उत्कृष्ट गुणस्तर र डिजाइन भएको कम्पनीले जनाएको छ। कजारिया टायल्सको निर्माण प्रक्रिया अत्याधुनिक प्रविधिबाट गरिएको छ, जसले उच्च गुणस्तरीय र टिकाउ टायल्स उत्पादन गर्नमा मद्दत पुर्‍याएको कम्पनीले जनाएको छ ।