BIZMANDU
www.bizmandu.com

बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै, म्याद पुस १७ सम्म

२०८१ मंसिर १८

बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै, म्याद पुस १७ सम्म
बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै, म्याद पुस १७ सम्म

काठमाडौं। बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Tata
GBIME

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ। कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

हकप्रद सेयरका लागि सेयरधनीले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज तोकेको छ। त्यसअघि कायम सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमतिका लागि २०८० चैतमा सेबोनमा आवेदन दिएकामा कात्तिकमा स्वीकृति पाएको थियो।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ। चालु आर्थि वर्ष पहिलो त्रैमासमा कम्पनी ५ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा छ। कम्पनीको प्रति सेयर आम्दानी १२.४४ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ५०.०९ रुपैयाँ छ।