BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा एक हजार बढ्दा चाँदीमा २५ रुपैयाँ वृद्धि

२०८१ मंसिर १८

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा एक हजार बढ्दा  चाँदीमा २५ रुपैयाँ वृद्धि
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा एक हजार बढ्दा चाँदीमा २५ रुपैयाँ वृद्धि


काठमाडौं। साताका दुई दिन घटेको सुनचाँदीको मूल्य पुनः बढेको छ। सोमबार तोलामा १ हजार २ सय रुपैयाँले घटेको सुन मंगलबार १ हजार रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

सोमबार तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो भने आइतबार १ लाख ५० हजार ५ सय थियो।

मंगलबार चाँदी २५ रुपैयाँ बढेर प्रति तोला १ हजार ८ सय ४५ रुपैयाँ भएको छ। सोमबार २५ रुपैयाँ घटेर प्रति तोला १ हजार ८ सय १५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस २६३७.८४ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३०.५३ डलर छ।

सोमबार सुन प्रति औंस २६२७.३ डलर र चाँदी ३०.१६ डलरमा कारोबार भएको थियो।