BIZMANDU
www.bizmandu.com

‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजकमा डिपल

२०८१ मंसिर १८

‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजकमा डिपल
‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजकमा डिपल

काठमाडौं । प्रिमियम ईभी ब्रान्ड दिपलले नेपालमा हुन लागेको बलिउड गायक सोनु निगमको कन्सर्टमा मुख्य प्रायोजन गर्ने भएको छ।

Tata
GBIME

दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो।

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा सहभागी हुन एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कार्यक्रममा सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताएका थिए। त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताएका थिए।