BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार २ सय र चाँदी २५ रुपैयाँ सस्तियो

२०८१ मंसिर १७

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार २ सय र चाँदी २५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार २ सय र चाँदी २५ रुपैयाँ सस्तियो


काठमाडौं। साताको दोस्रो दिन पनि सुनचाँदीको मूल्यमा गिरावट छ। आइतबार तोलामा ४ सय रुपैयाँ घटेको सुन सोमबार १ हजार २ सय रुपैयाँ घटेको छ। चाँदी २५ रुपैयाँ घटेको छ।

Tata
GBIME

सोमबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। घटबढ हुँदै सुन चार दिनअघिको मूल्यमा फर्किएको हो।

गत बिहीबार यही मूल्य थियो। एकै दिन १ हजार ६ सय रुपैयाँ बढ्दा गत शुक्रबार १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसमा ४ सय घटेर आइतबार कारोबार मूल्य तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँ भएको थियो।

सोमबार चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँ भएको छ। आइतबार १ हजार ८ सय ४० रुपैयाँ थियो भने गत शुक्रबार १ हजार ८ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २६४९.८७ डलरले कारोबार भएको सुन सोमबार घटेर २६२७.३ डलर भएको छ। चाँदी पनि प्रति औंस ३०.६२ डलरबाट घटेर प्रति औंस ३०.१६ डलरले कारोबार भइरहेको छ।