BIZMANDU
www.bizmandu.com

कालिकोटको तिलागुफा-४ मा नेमकिपाका शाही निर्वाचित

२०८१ मंसिर १६

कालिकोटको तिलागुफा-४ मा नेमकिपाका शाही निर्वाचित
कालिकोटको तिलागुफा-४ मा नेमकिपाका शाही निर्वाचित

काठमाडौं। कालिकोटको तिलागुफा नगरपालिका वडा नम्वर ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन्।

Tata
GBIME
Nepal Life

सोमबार सम्पन्न मतदानमा शाहीले १४३ मत ल्याएर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। नेकपा (माओवादी केन्द्र) का नैशोभा शाहीले ११५, नेकपा(एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैल बहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोगनबहादुर शाहीले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले ५ मत ल्याएका छन्।