BIZMANDU
www.bizmandu.com

लीपमोटरको सी१० इभी चितवनमा पनि उपलब्ध, आरम्भमै १० युनिट वितरण

२०८१ मंसिर १५

लीपमोटरको सी१० इभी चितवनमा पनि उपलब्ध, आरम्भमै १० युनिट वितरण
लीपमोटरको सी१० इभी चितवनमा पनि उपलब्ध, आरम्भमै १० युनिट वितरण

काठमाडौं। विद्युतीय गाडीमा चिनियाँ ब्राण्डमध्येको लीपमोटरको प्रिमियम लीपमोटर सी१० अब चितवनको बजारमा पनि पुगेको छ। आयातकर्ता कम्पनीले स्थानीय बिक्रेतालाई राखेर उक्त घोषणा गरेका हुन्।

Tata
GBIME

नेपालमा बढ्दो मागसँगै उच्चस्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउन बजार विस्तार गरिएको जनाइएको छ। भरतपुरको होटल सिराइचुलीमा आयोजित समारोहमा घोषणा गरिएको हो।

यसैबीच ओजोन मोटर्सद्वारा १० वटा लिपमोटर सी१० गाडी वितरण गरिएको थियो। यो गाडी अहिले बजारमा आएका इभीहरुको प्रतिष्पर्धी मोडल हो। लीपमोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर सवारी प्रयोगकर्तालाई वातावरणमैत्री आरामदायी अनुभव दिने जनाएको छ।

यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले सी१०लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको बिक्रेता कम्पनीको विज्ञप्तिमा छ।

लीपमोटर सी१० को बजारीकरण साङ्ग्रिला मोटर्स प्रालिले गरिरहेको छ। उक्त कम्पनी प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सीट्रोएन र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। लीपमोटर सी१० को चितवनको आधिकारिक डिलरशिप भरतपुरको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले पाएको छ।