काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा झरेको छ। कारोबारमा आएका विकास बैंक, लाइफ इन्स्योरेन्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।
हाइड्रोपावरको सूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ। १९४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
५० कम्पनीका लगानीकर्ताले कमाएका छन्। घटेको बजारमा पनि दुई कम्पनीको सेयरमूल्य बढेर सर्किट लागेको छ। विशाल बजार कम्पनी र वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको हो।
८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक एक्सेल डेभलपमेन्ट बैंकको ३१ करोड, नेपाल फाइनान्स २९ करोड ७४ लाख, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख र जानकी फाइनान्सको २३ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।